|

अमेरिका : अमेरिकाको भर्जिनिया राज्य र यस आसपासका नेपालीहरूले सांस्कृतिक केन्द्रका लागि भवन किनेका छन्। १७ लाख डलर (करिब १७ करोड नेपाली रुपैयाँ) लागतमा सो भवन किनिएको हो। 

सन् २०१९ जून २२-२९ मा भएको महापुराणबाट शुरू गरिएको यो अभियानमा महापुराण अवधिमा २२ लाख डलर रकमको बचनदानमध्ये १२ लाख डलर त्यही समयमै जम्मा भएको थियो। 

उक्त भवन भर्जिनिया मनासस भन्ने ठाउँमा छ। ३।१ एकड क्षेत्रफल भएको उक्त भवनमा करिब २५० देखि ३०० वटा सवारीसाधन पार्किङ्ग गर्न सकिन्छ। उक्त भवनको ठेगाना १०५०१ बल्स फोर्ड रोड, मनासस, भर्जिनिया २०१०९ हो। 

गैर-आवासिय नेपाली संस्थाको तथ्याङ्क अनुसार नेपालीको संख्या अमेरिकाका ५० राज्यमध्ये सबैभन्दा धेरै पूर्वी तटीय राज्यहरुमा छ। यसमा न्यूयोर्क, म्यासचुसेट्स, कनेक्टिकट, भर्जिनिया, डिसी लगायतका राज्यहरूमा २५ प्रतिशतको बसोबास छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.