|
फाइल फोटो

काठमाडौं : सवारी दुर्घटनाबाट घाइते भएका नेकपा (माले) का महासचिव सिपी मैनालीलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइदै छ। बिहीबार दिउँसो महोत्तरीको बर्दिबासस्थित रातु खोलाको पुलमा उनी सवार कार दुर्घटनामा परी उनीलगायत छोरा, बुहारी, नाती र चालक पनि घाइते भएका छन्।

मैनाली सवार बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। महोत्तरी प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार सडक दुर्घटनामा परेका मैनालीको अवस्था खतरामुक्त छ। दुर्घटनामा मैनालीसँगै उनका अन्यको अवस्था भने सामान्य छ।

मैनालीको दाहिने खुट्टा भाँचिएको छ भने टाउकोमा चोट लागेको छ । मैनालीले बोल्न सक्ने र अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। उनको अहिले जनसेवा हस्पिटल बर्दिबासमा उपचार भइरहेको छ। मैनालीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको जिल्ला प्रहरी कार्यलय महोत्तरीका प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.