समाज

कञ्‍चनपुरमा घरभित्रै मृत भेटिए दम्पती, हत्या आशंका

फागुन १५, २०७६

    कञ्चनपुर : यहाँको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कलुवापुरमा एक दम्पति घरभित्रै मृत भेटिएका छन्। ५२ वर्षीय जयलला भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारी घर भित्रै अलग अलग कोठामा मृत भेटिएका हुन्। 

    हिजोदेखि नै बन्द रहेको घर बिहीबार दिउँसो दूध पुर्‍याउने मान्छे आएपछि घटनाबारे थाहा भएको थियो। दूध लिएर आएकाले घरभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

    प्रहरीका अनुसार दुवैजनाको शव घरको अलग अलग कोठामा भेटिएको छ। श्रीमतीको घाँटीबाट रगत आएको देखिएकाले हत्या आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

    अहिले प्रहरीले घटनास्थल सिल गरेर आवश्यक जाँच थालेको छ। अहिले इलाका प्रहरी कार्यालय झलारी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली घटनास्थलमा छ। कुकुरसहितको प्रहरी टोली पनि धनगढीबाट मगाइएको प्रहरी श्रोतले जनाएको छ। 
     

राजेन्द्र पनेरु

पनेरु थाहा खबरका कञ्चनपुर समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]