|

काठमाडौं : एनसेल प्राइभेट लिमिटेडले ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ। यो अफरअन्तर्गत ग्राहकले १०० र यस भन्दामाथिको प्रत्येक रिचार्जबापत भ्वाइस सेवामा छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

यो अफर यही बिहीबारदेखि लागू भएको पनि जनाइएको छ। यस भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याइएको यो अफरअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले मात्र ९९ पैसाप्रति मिनेट (करसहित रु १.२६ पैसा) मा एनसेल नेटवर्कभित्र कुरा गर्न सकिने एनसेलले जनाएको छ।

एनसेलका अनुसार भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेबाट दिउँसो ३ बजेभित्रको समयमा लागू हुनेछ। यस अफरबाट फाइदा लिनका लागि ग्राहकले एस्ट्रयाक१७१०६ह्यास् डायल गरी आफूलाई अफरमा निःशुल्क रुपमा सहभागि गराउन सक्छन्।

यसरी अफर सुचारु गरी सकेपछि ग्राहकले रिचार्ज रकमका आधारमा भ्वाइस सेवामा विभिन्न समयसीमा रहेका छुटबाट लाभ लिन सक्नेछन्। ग्राहकहरुले १०० रिचार्ज गर्दछन् भने ९९ पैसा प्रतिमिनेट छुटको लाभ ७ दिनका लागि पाउनेछन्। २००, ३०० र ५०० रुपैयाँ रिचार्ज गर्ने ग्राहकले यो छुटको लाभ क्रमशः १४ दिन, २१ दिन र ३० दिनका लागि लिन सक्नेछन्। 

 यसैगरी १,००० रिचार्ज गर्ने ग्राहकले यो छुटको लाभ रकम रिचार्ज गरेको दिनबाट ६० दिनका लागि पाउनेछन्।  यो अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुर्‍याउनुका साथै आफ्ना सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ।

यो अफर ९० दिन सम्म संचालनमा रहनेछ। ग्राहकले एस्ट्रयाक१७१०६एस्ट्रयाक१ह्यास् डायलगरी आफूले सुचारु गरेको अफरको समयसिमा सजिलै थाहा पाउन सक्ने एनसेलले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.