|

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्‍ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीलाई सुझाबपत्र लेखेका छन्। प्रधानमन्त्री ओलीले बिहीबार सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन माग गरेको अडियोबारे निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेपछि प्रवक्‍ता शर्माले सुझाब पत्र लेखेका हुन्। 

उनले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीलाई सुझाब पत्र ! पूर्वप्रवक्ताको वर्तमान प्रवक्ता नबनिदिनोस् कृपया।’

प्रधानमन्त्रीले बाँस्कोटाको बचाउ गरेपछि प्रवक्‍ता शर्माले अरूको काम पनि आफैँ गर्दा प्रधानमन्त्रीको भारी बोक्न झनै गाह्रो हुने बताएका छन्। उनले लेखेका छन्, ‘अनुसन्धान प्रहरीले,बहस वकिलले र फैसला न्यायाधीशले गर्ने हो। अरूको कर्म पनि यहाँले नै गरे प्रधानमन्त्रीको भारी बोक्न झनै गाह्रो पर्नेछ। अझ अडियोको प्राविधिक परिक्षणसम्म यहाँले नै?'  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.