|

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आफूले बनाएको नियम कानुनको खिल्ली उडाएको छ। वीरेन्द्रनगरमा मेला तथा महोत्सव गर्नका लागि कार्यविधि बनाइ कानून नै बनाएको नगरपालिकाले आफूले नै बनाएको कानूनको खिल्ली उडाएको हो।

वीरेन्द्रनगर नगरपालिकाले बनाएको कार्यविधिमा एउटा संस्थाले तीन वर्षमा एकपटक मात्र महोत्सव गर्न पाउने उल्लेख गरिएको छ। एउटै प्रकृतिका र एउटै क्षेत्रगतका महोत्सव एकै वर्षमा लगाउन नमिल्लने पनि कार्यविधि बनाइएको छ।

कार्यविधिको परिक्षेद २ को ३ नम्बर बुँदामा उल्लेख भएअनुसार यस्तो प्रावधान राखिएको छ। कार्यविधिमा ‘प्रत्येक आर्थिक वर्षमा एक क्षेत्रगत विषयमा बढीमा एउटाभन्दा बढी मेला महोत्सव संचालन गर्न नगरपालिकाले अनुमति दिने छैन। तर, नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारका वार्षिक कार्यक्रमअनुसार गरिने सरकारी निकाय मूल आयोजक हुनेमा यो दफा लागू हुने छैन’ भनी उल्लेख गरिएको छ।

तर, केही समयअघि घरेलु महासंघ कर्णाली प्रदेशले आयोजना गरेको महोत्सवकै प्रकृति र क्षेत्र पनि मिल्ने ‘एक्स्पो’ नाम दिएर उद्योग वाणिज्य संघ सुर्खेतले महोत्सव संचालन गरेको छ। नगरपालीकाले आफूले बनाएको कानुनविरुद्धमा उस्तै प्रकृतिको यो महोत्सव किन संचालन गर्न दियो भन्ने प्रश्न नागरिकले गरेका छन्।

यसैगरी कार्यविधिमा पाँच मिनेटभन्दा कम खेल खेले २० रुपैयाँ, १५ मिनेट खेलेको खण्डमा ३० रुपैयाँ, तीस मिनेट खेलेको खण्डमा ५० रुपैयाँ तथा सोभन्दा बढी समय मनोरञ्जनसम्बन्धी खेल खेलेको खण्डमा एक सय रुपैयाँ मात्रै लिन पाइने उल्लेख छ। तर, आम दर्शकले भने तीन मिनेटमै ६ फन्का घुमेर सकिने खेलका लागि एक सय रुपैयाँ तिर्दै आइरहेका छन्। दर्शकबाट कानुनविपरीत पैसा लिइँदा पनि स्थानीय सरकारको ध्यान जान सकेको छैन।

नगरपालिकाले आधिकारिक रूपमा महोत्सवका नाममा सर्वसाधरणलाई लुटन छुट दिएको नागरिकले गुनासो छ। महोत्सवमा प्रवेष शुल्क नै चार वर्षभन्दा माथि उमेरकालाई र विद्यार्थी कार्ड भएकालाई ४० रुपैयाँ तथा अन्यलाई पचास रुपैयाँ असुल भइरहेको छ। नगरपालिकाको गट अगाडि नै कानुनविपरीतको काम हुँदा पनि नगरपालिका चुप लागेर बसिरहेको भन्दै नगरपालिकाको आलोचना भएको छ।

सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा आयोजित कर्णाली एक्स्पो-२ मा नियमविपरीतका भइरहेक हुन्।

प्रदेश राजधानीकै नगरपालिकाले मेला तथा महोत्सव व्यवस्थित गर्न भन्दै २०७५ सालमा कार्यविधिसमेत बनाइ वेबसाइटमा राखेको थियो। उक्त कार्यविधिमा मनोरञ्जनतर्फ आयोजकले लिने शुल्क र समयसीमा तोकेको छ तर आम नागरिकले भने नगरपालिकाले तोकेको शुल्कभन्दा बढी रकम तिरिरहेका छन्।

केटाकेटी खेल्ने सानो गाडीमा नौ फन्का लगाएबापत ८० रुपैयाँ लिने गरिएको छ। चर्के पिंगमा ६ पटक घुमेबापत एक सय लिने गरिएको छ। तेश्रो पिंगमा पनि ६ फन्का लगाएबापत एक सय नै तिर्नुपर्छ। महोत्सवमा जडान गरिएका सबै मनोरञ्जनका साधन प्रयोग गरेबापत प्रतिव्यक्ति पचास रुपैयाँदेखि माथि शुल्क निर्धारण गरिएको छ। यसरी सर्वसाधरणबाट उठाइएको शुल्क कुन ठाउँमा सदुपयोग गरिन्छ भन्ने कुरा अहिलेसम्म सम्बन्धित निकायले जानकारी गराएको छैन।

यता, वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले आफूहरूले निरन्तर मेलाको अनुगमन गरिरहेको जिकिर गरे। ‘हामीले मेलालाई व्यवस्थित गराउन खोजिरहेका छौँ', उनले भने ‘कार्यविधिविपरीत पैसा लिने गरेको छ भने हामी भोलि नै अनुगमन गर्छौं र कार्वाही गर्छौं।’

उनले संघले यो वर्ष लगाएको महोत्सव आगामी तीन वर्षमा फेरि लगाउन नपाउने बताए। तीन वर्षमा एकपटक मात्रै कुनै एक संस्थाले मात्रै महोत्सव लगाउन पाउने र संघले लगाएको मेला व्यावसायिक भएको उनको भनाइ छ।

उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले महोत्सवबाट मिर्गौला फेल भएका, मेरुदण्ड भाँचिएका केही व्यक्तिलाई इन्द्रेणीमार्फत १४ लाखभन्दा बढीको सहयोग गरेको बताए। उनले बाहिरबाट करोडौँ लगानी गरेर कर्णालीमा मनोरञ्जनका सामान ल्याएर आएकाको नोक्सन हुने अवस्था आएकाले महँगो शुल्क लिनुपर्ने बाध्यता रहेको प्रष्टीकरण दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.