|

उदयपुर : राज्यको पनर्संरचनासँगै महत्वपूर्ण जिम्मेवारी स्थानीय तहको शिक्षा शाखामा केन्द्रित भएपछि शिक्षा विकास तथा समन्वय इकाइ कामविहीन जस्तै बनेको छ।

उदयपुरको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइको कार्यालय सुनसान अवस्थामा रहेको र कर्मचारी नबस्ने समस्या देखिएको हो। जिल्ला शिक्षा कार्यालयको संरचना रहँदा कार्यालयमा व्यस्त देखिने कर्मचारीहरु हिजोआज कार्यालयमा खासै देखिँदैनन्।

कर्मचारी दरबन्दी पनि कम हुनु र जिम्मेवारी पनि कम भएकाले कार्यालयको प्रभावकारीता घटेको स्वयं कर्मचारीहरू बताउँछन्। कार्यालयमा कर्मचारी नबस्ने समस्याले सेवाग्राहीहरुले समेत हैरानी खेप्नुपरेको छ। शुक्रबार पत्रकारहरुको टोली जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ पुग्दा कार्यालयमा कार्यालय सहयोगी र एक महिला कर्मचारीबाहेक अन्य कुनै कर्मचारीहरु भेटिएनन्। ती कर्मचारीले अरू कर्मचारी फिल्डमा गएकाले कार्यालय नआएको जवाफ दिइन्।

बैठकमा थिएँ : इकाइ प्रमुख गिरी

यता, शिक्षा इकाई प्रमुख केदारकुमार गिरी आफू जिल्ला प्रशासनको बैठकमा रहेको र आफू कार्यालय आउन नसक्ने भन्दै पत्रकारको टोलीलाई प्रशासन कार्यालयतिरै आउन आग्रह गरे। कार्यालयमै काम रहेको र अन्य सेवाग्राहीसमेत अलपत्र परेको भन्दै पत्रकार टोलीले उनको आग्रह अस्वीकार गरेपछि प्रमुख गिरीले सेवाग्राहीहरुको काम बाहिरबाटै गर्दै आएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.