इरानकी एक महिला खेलाडीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ। इरानी महिला राष्ट्रिय फुटसल टोलीकी खेलाडी २३ वर्षीया एलहाम शेखीको कोरोनाभाइरसको कारण मृत्यु भएको बताइएको छ।
उनलाई १० दिन अघि अस्पतालमा भर्ना गरिएकोमा बुधबार मृत्यु भएको सरकारी समाचार एजेन्सी रोकनाले उल्लेख गरेको छ। इरानमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३४ पुगिसकेको छ भने संक्रमितको संख्या ३ सय ८८ रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।
कोरोनाका त्रास फैलिएसँगै इरानमा सबै खेल स्थगित गरिएको छ। इरानका उपराष्ट्रपति मासोमेह इब्तेकर, उपस्वास्थ्यमन्त्री इराज हरिर्चीलगायत केही उच्च अधिकारीलाई पनि कोरोनाको संक्रमण पुष्टि भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।