|

इटहरी : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीको सबै निर्देशन सरकार मान्नुपर्छ भन्ने नभएको बताएका छन्।

शनिबार सुनसरीको इटहरीमा प्रेस संगठन नेपाल प्रदेश १ को प्रथम भेला तथा शपथ ग्रहण कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले सरकार पार्टीको नीति र घोषणापत्रअनुसार चल्ने प्रष्टीकरण दिए।

नेकपाको सचिवालयभित्र पनि अर्को सचिवालय भएको बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय निर्णय नमान्ने भन्दा पनि सचिवालयभित्रको सचिवालयको निर्णय नमानेको दाबी गरे। पोखरेलले गुटको भेलाको निर्णय सरकारले नमान्ने जिकिर गरे ।

उपप्रधानमन्त्री पोखरेलले योजनाअनुसार सरकारले काम गरिरहेको बताउँदै पहिलो वर्ष आधार निर्माण गरेको, दोस्रो वर्ष काम सुरु गरेको, तेस्रो वर्ष कामको गति दिने र चौथो वर्ष परिणाम आउने दावी गरे। 

उनले कम्युनिष्ट पार्टी सरकारमा पुगेको बाहिरी र केही भित्री शक्तिलाई नपचेको बताए। बेलाबेला केही काण्ड निकालेर सरकारलाई असफल बनाउने खेल भइरहे पनि त्यो सफल नहुने उनको भनाइ छ। वाइटबडी, निर्मला पन्त र गोविन्द केसीको कुरा उचालेर सरकारविरुद्ध कदम चलिरहेको जिकिर गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.