|

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका–८ डोला गाउँमा ‘लाङ्गघाली होमस्टे’ संचालन भएको छ। आलिताल गाउँपालिका र यूएनडीपीको आर्थिक सहयोग तथा सुशासन तथा जीविकोपार्जन प्रवर्द्धन नमुना परियोजनाको सहजिकरणामा उक्त होमस्टे सञ्चालनमा आएको हो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले होमस्टेको उदघाटन गर्दै आफ्नो सानो सपना पूरा भएको बताए। मगर समुदायको भाषा धर्म संस्कृतिलाई जोगाइराख्नुका साथै स्थानीयको आयस्तरमा वृद्धि हुनको भनाइ छ।

उनले यस क्षेत्रलाई होमस्टेमा सफल बनाउन सके आर्थिक समृद्धि खोज्न टाढा जानुपर्ने बताए। सञ्‍चालन समितिका अध्यक्ष वीरबहादुर थापाका सुरुमा पाँच वटा घरमा सञ्‍चालन हुने र विस्तारै पुरै गाउँलाई होमस्टेसँग जोडिने उनको दाबी छ। उनकाअनुसार पर्यटकका लागि होमस्टेमा मगर संस्कृति नाच मारुनी नाच,  सालैजो नाच,  कौडा नाच  तथा स्थानीय खानाका परिकारहरु रहनेछन्।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जलाकुमारी बोगटी, वडा नं. ३ का वडाअध्यक्ष लोकेश महरा, वडा नं. ५ का वडाअध्यक्ष प्रकाश सिंह बोहरा, सहयोगी संस्थाका तर्फबाट सारदा रावललगायतले शुभकामना मन्तव्य राखेका थिए। वक्ताहरुले लोप हुँदै गएको मगर जातीको संस्कृती जगेर्ना गर्नुपर्नेमा जोड दिएका थिए।

सो अवसरमा मगर संस्कृती झल्किने मारुनी नाच, कौडा नाच, सालैजो नाचसँगै अन्य कलाकारहरूले साँङ्गितिक प्रस्तुति दिएका थिए। कार्यक्रम स्थलमा स्थानीय परिकार ढिडो, सिस्नो, गंगटा, झिन्गे माछा, खोले साग, तिमुरको अचार तथा अन्य परिकारसहित राखिएको थियो।

कसरी पुग्ने होमस्टे?

डडेल्धुराको भित्रीमधेसमा पर्ने आलिताल गाउपालिकाको वडा नं. ८ डोला गाउँमा पर्ने होमस्टे भीमदत्त राजमार्गको बुडरबाट १५ किलोमिटरमा गाउँपालिकाको मूख्य बाजार हुँदै गोदाम पुग्न सकिन्छ। गोदामबाट पाँच मिनटको पैदल यात्रा हिँडेपछि मगर बस्ती डोला गाउँ अर्थात् लाङ्गघाली होमस्टे आइपुग्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.