|

काठमाडौं : चीनको वुहानमा रहेका नेपालीलाई सरकारले उद्धार गरी ल्याएर भक्तपुर खरिपाटी क्वारेन्टाइनमा राखेको आज १४ दिन पुगेको छ। पूर्वनिर्धारित कार्यक्रमअनुसार विद्यार्थीहरूलाई क्वारेन्टाइनबाट निकाल्नुपर्ने दिन आजै हो। तर, उनीहरू १४ औं दिनमै भने घर जान नपाउने भएका छन्।

चीनबाट ल्याएर खरिपाटीस्थित क्वारेन्टाइमा राखिएका विद्याथीहरूको दोस्रो चरणको कोरोना जाँच आज हुने भएको हो। सरकारले कोरोना अति प्रभावित चीनको वुहानबाट १७५ जना विद्यार्थीलाई गत फागुन ४ गते उद्धार गरी ल्याएको थियो। ल्याउने दिन अर्थात् चौध दिन अघि उनीहरुको पहिलो चरणको जाँच गर्दा सबै जनामा नेगेटिभ आएको थियो।

आज सबै जनाको घाँटीको स्वाब परीक्षण गरिने र त्यसको रिपोर्ट आएपछि मात्र उनीहरू घर जान पाउने बताइएको छ। जसकारण उनीहरू अझै केही दिन क्वारेन्टाइनमानै बस्‍नुपर्नेछ।

परीक्षणको रिपोर्ट आउन कम्तीमा दुई दिन लाग्ने बताइएको छ। सबै जनाको रिपोर्ट नेगेटिभ आएमा उनीहरू सोमबारसम्म घर जान पाउनेछन्। योसँगै नगरकोटमा क्वारेन्टाइनमा राखिएका पाइलट लगायतका क्रु मेम्बरलाई पनि सोही नियम लागू हुने बताइएको छ। उनीहरूलाई चीनबाट नेपाल ल्याइएको भए पनि क्वारेन्टाइनमा रहेकाले परिवार भेट्न भने पाएका छैनन्।

पहिलो परीक्षणमा भाइरस नभेटिए पनि कोरोना भाइरसको लक्षण देखिन दुई सातासम्म लाग्ने हुँदा उनीहरूको दोस्रो चरणको परीक्षण गरिन लागेको हो। दोस्रो चरणको परीक्षण नेगेटिभ आएपछि मात्र उनीहरू घर जान पाउनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.