|

काठमाडौं :  बागमती प्रदेशको पर्यटकीय सम्भावना बोकेको जिल्ला हो सिन्धुपाल्चोक। राजधानी काठमाडौंबाट दूरीको हिसाबले नजिक रहेको छ। पर्यटकको अपार सिन्धुपाल्चोक सम्भावना रहेको सिन्धुपाल्चोकको केन्द्रमा ‘सुकुटे’ पर्छ।

काठमाडौंबाट दूरीको हिसाबले नजिक रहेका सुकुटेमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ। सुकुटेलाई पर्यटकीय केन्द्र रुपमा विकास गर्नको लागि पहिलोपटक सुकुटे महोत्सवको आयोजना भइरहेको छ। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित सुकुटे महोत्सवको आयोजना गरिएको हो। 

नेपाल सरकारले एक सय पर्यटकीय क्षेत्रहरुको छनोट गर्दासमेत सिन्धुपाल्चोकको सुकुटे समावेश भएको थियो। सिन्धुपाल्चोककको सिन्धुपाल्चोक भोटेकोसी र सुनकोसी नदीमा बन्जी जम्प र र्‍याफ्टिङ, स्याउ र गुम्बैगुम्बाले प्रख्यात हेलम्बु र पाँच पोखरीलाई नयाँ तथा विकास गर्नुपर्ने सूचीमा सूचीकृत गरेको थियो। 

भूकम्पपछि खस्केको पर्यटक आवागमनमा बिस्तारै बढ्दै गएको छ। सरकारले सूचिकृत गरेको स्थान मात्रै नभएर सिन्धुपाल्चोकमा पर्यटकलाई तान्न सक्ने धेरै रमरणीय क्षेत्रहरु छन्। 

स्थानीय सरकारले नयाँ गन्तव्यको खोजी र प्रचारप्रसारको कामलाई तीव्र रुपमा अगाडि बढाएको चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख अमानसिं तामाङले जनाए। पर्यटकको आवागमन वृद्धि गरी आर्थिक स्रोतको वृद्धि गर्न सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहले प्राथमिकताको साथ अगाडि बढाएका छन्। 

काठमाडौंसँग जोडिएको जिल्ला सिन्धुपाल्चोक पनि विविध पर्यटकीय गन्तव्यका लागि आकर्षणको केन्द्र बन्दै गएको छ। दूरीको हिसाबले राजधानीबाट नजिकै रहेको सुकुटे क्षेत्रबाट जिल्लाको अन्य पर्यटकीयस्थलहरूमा आन्तरिक र बाह्य पर्यटकहरुलाई महोत्सवको आयोजना गरिएको महोत्सव प्रचार प्रसार समितिका संयोजक राजेन्द्र शर्माले जानकारी दिए।

महोत्वस आज (शनिबार)बाट मंगलबारसम्म सञ्चालन हुनेछ। महोत्सवका आउँने पर्यटकको लागि महोत्वसव अवघिभर सुकुटे आउने पर्यटकहरुलाई सम्पूर्ण सेवा सुविधामा ३० प्रतिशत छुट दिइएको छ। 

चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी र सुनकोशी गाउँपालिकाको केन्द्रमा रहेको सुकुटे क्षेत्रमा हाल १० वटा सुविधा सम्पन्न रिसार्टहरु सञ्चालनमा ल्याएका छन्। 

सुकुटे क्षेत्रमा सञ्चालित होटल तथा रिसोर्टहरुको छाता संगठन सिन्धु पर्यटन व्यावसायी संघको आयोजना र चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी र सुनकोशी गाउँपालिकाको सहयोगमा महोत्सव आयोजना गरिएको हो। 

साहासिक खेल र्‍याफटिङ मात्रै सञ्चालन हुँदै आएको थियो। तर, महोत्सवपछि सुकुटेमा जेटबोट समेत सञ्चालनमा ल्याइने भएको छ। चौतारा साँगचोकगढी नगरपालिकाका कदमबासबाट व्यावसायीक प्यराग्लाइडिङसमेत सुरुवात हुने आयोजकले जानकारी दिएको छ।

महोत्वसको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको छन्। समापन सभामुख अग्निप्रसाद सापकोटाले गर्ने कार्यक्रम तय भएको जनाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.