|

उदयपुर : उदयपुरको प्रमुख सुन्दर पर्यटकीय तथा धार्मिक गन्तव्य रहेको रौतामाई गाउँपालिकामा रहेको रौतापोखरीमा प्रदेश एकका मुख्यमन्त्री शेरधन राई र नेपाली सेनाका प्रधानसेनापती पूर्णचन्द्र थापाको उपस्थितिका शुक्रबार बृहद वृक्षारोपण कार्यक्रम भएको छ।

उदयपुरको बोक्सेस्थित नेपाली सेनाको रणसार्दुल गणको आयोजनामा रौतामाई गाउँपालिका ६ रौतापोखरी क्षेत्रमा ६ हजार भन्दा बढी वृक्षरोपण गरिएको हो। वृक्षारोपण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले भने 'नेपाली सेनाको आयोजना गरेको बृहद वृक्षरोपण कार्यक्रम प्रशंसा गर्दै सामाजिक क्षेत्रमा सेनाले उल्लेखनीय काम गरेको बताए।

साथै नेपाली सेनाको समृद्ध नेपाल बनाउन महत्पूर्ण भूमिका रहनेसमेत बताए। प्रधानसेनापती पूर्णचन्द्र थापाले 'नेपाल सरकारले अघि सारेको  एक नेपाली एक फलफुल विरुवा रोपण अभियानलाई सार्थक बनाउनका लागि वृक्षारोपण अभियान संचालन गरिएको बताए। 

बृहद वृक्षरोपण कार्यक्रममा तीन हजार तेजपात, ३ सय नास्पती, टिमुर तीन हजार, रोपिएको रणसाद्रुल गण बोक्सेले जनाएको छ। रौतामाई गाउँपालिकाले विरुवा रोपण गरिएको क्षेत्रमा चरिचरण बन्द गराउने गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले जानकारी दिए।  रोपिएका विरुवाहरु सफल भए स्थानीयहरुको माग गरे निःशुल्क वितरण गरिने गाउँपालिकाले जनाएको छ।

कार्यक्रममा प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, प्रदेश सभा सदस्यहरु नारायण बुर्जामगर, अम्बिका थापा, नेकपाका जिल्ला अध्यक्ष बिनोद कटुवाल, विभ्रिन्न स्थानीयतहका प्रमुखहरु राजनितिकदलमा प्रतिनिधि, जनप्रतिनिधिहरु, नेपाली सेनाका अधिकृतहरु, उदयपुर जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, पत्रकार युवा विद्यार्थीहरु  तथा स्थानिय बासिन्दाहरुको बाक्लो उपस्तिथी रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.