|

पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ३० पुगेको शुक्रबार राति एक सरकारी अधिकारीले जानकारी दिएका छन्। 

घाइते १५ को उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या ३० पुगेको सुक्कुर जिल्लाका प्रहरी निर्देशक शफिक अहमदले बताए। यस दुर्घटनामा ज्यान गुमाउने र घाइतेमा महिला र बालबालिकाको संख्या धेरै रहेको एक सरकारी अधिकारीले जानकारी दिएका छन्। 

प्रहरी निरीक्षकका अनुसार पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराचीबाट पूर्वी रावलपिन्डी जाँदै गरेको पाकिस्तान एक्सप्रेस नामको यात्रुवाहक रेलले जिल्लाको रोहरी क्षेत्रनजिकैको कन्ध्र शहरको रेलवे मार्गमा बसलाई ठक्कर दिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.