|

बैतडी : बैतडीमा आइतबार बिहान स्कारपियो दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ।

गम्भीर घाइते हुनेमा दार्चुलाको महाकाली नगरपालिकाका ४८ बर्षीय विष्णुदत्त भट्ट रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। 

घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। धनगढीवाट दार्चुला जाँदै गरेको बा १३ च ३१८० नम्बरको स्कारपियो महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार ५ ढिकगाडमा बिहान साढे ५ बजे दुर्घटनामा परेको हो।

स्कारपियो सडकवाट १५ मिटर तल खसेको छ। चालक निदाएकोले दुर्घटना भएको हुनसक्ने बैतडी प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.