|

धनुषाः जनकपुरधाममा १५ दिने ऐतिहासिक मिथिला माध्यमिकी परिक्रमामा सहभागी साधुसन्त तथा भक्तजनले महोत्तरीको भंगहा नगरपालिकामा पर्नेे कञ्चनवनमा होली खेलेका छन्।

आइतबार परिक्रममा सहभागी हजारौं साधुसन्त तथा भक्तजनसँगै संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई, प्रदेश २ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश रायले समेत एकआपसमा रंगअविर दलेर होली खेलेका हुन्।

यहाँ त्रेतायुगमा भगवान रामले होली खेलेको जनविश्वसा छ। त्यसैले परिक्रमामा सहभागीले हरेक वर्ष यहाँ धुमधामका साथ होली खेल्ने गर्छन्। केही वर्षदेखि जनकपुर वृह्तर कोषले होली महोत्सवकै आयोजना समेत गर्न थालेको छ।

परिक्रममा सहभागीसँगै होली खेल्न यस क्षेत्रका हजारौं सर्वसधारण समेत आएका थिए। कञ्चन वनमा होली खेलेपछि मिथिलामा आजैदेखि होली पर्वको विधिवत सुरुवात हुन्छ। 

फागुन ११ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिथिला नगरपालिका ८ स्थित मिथिला विहारी मन्दिरबाट डोला काँधमा बोकेर निकालेपछि परिक्रमा सुरु भएको थियो। उक्त डोला कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडैई, ध्रुवकुण्ड घुमेर कञ्चन वन पुगेपछि होली खेलेको हो।

मन्त्री भट्टराईले परिक्रममाका क्रममा विश्राम गर्ने १५ ठाउँलाई प्रदेश र संघीय सरकार मिलेर व्यवस्थित गर्ने प्रतिवद्धता जनाएका छन्। उनले प्रदेश २ लाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने सोचका साथ अगाडी बढिरहेको समेत बताए। उनले भगवान राम र सिताले होली खेलेको ठाउँमा आएर होली खेल्न पाउँदा अत्यन्त खुसी लागेको पनि बताएका थिए।

यस्तै प्रदेश मन्त्री रायले हालसम्म परिक्रममाले विश्राम गर्ने ठाउँहरू व्यवस्थित पार्न नसकेकोमा चिन्ता व्यक्त गरे। उनले भने,‘परिक्रमा सुरु भएपछि पानी पर्दा चिन्ता नै लागेको थियो। अब अगामी दिनमा सो ठाउँहरूलाई व्यवस्थित गर्न जरुरी छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.