|

जनकपुरधाम : संघीय सरकारले गरेको वीरगन्ज चिनी मिलको जग्गा बिक्री गर्ने निर्णयविरुद्ध अदालत जाने प्रदेश सरकारले तयारी गरेको छ।

जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले चिनी मिलको जग्गा बिक्री गर्ने निर्णयविरुद्ध प्रदेश सरकार अदालतमा मुद्दा दिने तयारी थालेको बताए। उनले संघीय सरकारले बन्द अवस्थामा रहेको चिनी मिल प्रदेश सरकारलाई हस्तान्तरण गर्नुको साटो बिक्री गर्ने निर्णय गरेको भन्दै आक्रोस व्यक्त गरे।उनले भने, ‘संघीय सरकार जहिल्यै प्रदेशको अधिकार क्षेत्रभित्र हस्तक्षेप गर्न खोज्छन्। यस्तो हस्तक्षेप कदापि स्वीकार गर्न सकिँदैन।

सरकारको निर्णयविरुद्ध अदालतमा मुद्दा हाल्छौं। अदालतबाट न्याय पाउने विश्वास छ।’ संघीयताको मर्मलाई समाप्त पार्ने प्रयास संघीय सरकारबाट हुनु दुःखद भएको उनको भनाई छ।

यही फागुन ५ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकले पर्साको वीरगञ्ज महानगरपालिका १४ मा रहेको कित्ता नं ११३१ को १०–६–४ बिघा मध्ये ६ बिघा जग्गा बिक्री गर्न स्वीकृति दिने निर्णय गरेको थियो।

यसअघि संघीय सरकारले प्रदेश २ सरकार मातहतको सागरनाथ वन विकास परियोजनालाई वन निगम बनाउने निर्णय गरेको थियो। तर प्रदेश सरकारले सर्वोच्च अदालतमा मुद्दा लडेर आफ्नो मातहत ल्याइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.