|

बैतडी : नेपाल–भारतको जिल्लास्तरिय समन्वय समितिको बैठक बैतडीमा शुरू भएको छ। भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुला तथा भारतको उत्तराखण्डको पिथौरागढको संयुक्त बैठक बुधवार शुरू भएको हो । 

बैठकमा भारतको पिथौरागढ जिल्लाका डिस्टिक म्याजिस्टेट (डीएम) डाक्टर विजयकुमार जोगदण्डे, बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदूनाथ पौडेलको सहभागीता रहेको छ । जिल्ला प्रशासन कार्यालय बैतडीमा जारी बैठकमा पिथौरागढ, बैतडी, दार्चुलाका सुरक्षा निकायका प्रमुख पनि सहभागिता रहेको छ ।  

बिहान ११ बजेदेखि जारी बैठकमा दुईपक्षीय हितका विभिन्न २१ बुँदामा छलफल भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।

सीमामा नागरिकलाई हुने समस्या, भारतीय पेन्सनधारीलाई पेन्सन बुझ्न भएको समस्या, शान्तिसुरक्षा, मानवबेचबिखन, अवैध हातहतियार, वन्यजन्तु ओखटोपहार कारोबार, दुबै देशलाई असर पुर्‍याउने बाढी पहिरो नियन्त्रण, शरणार्थी समस्या, अवैध उत्खनन्, अवैध मुद्रा नियन्त्रण र समसामयिक विषय (कोरोना भाइरस) लगायतका विषयमा छलफल भइरहेको जनाईएको छ । 

दुई देशको जिल्लास्तरीय समन्वय समितिको बैठक बैतडीमा पहिलोपटक बसेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.