|

सिन्धुली : जिल्ला प्रशासन कार्यालय सिन्धुलीले फागु नखेल्न सर्वसाधारणलाई आग्रह गरेको छ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा रहेको भनि कोरोनाबाट जोगिन भन्दै प्रशासनले ठुलो संख्यामा फागु नखेल्न तथा भिडभाडमा नजान, भेला, सभा, सम्मेलन नगर्न आग्रह गरेको हो।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेले बुधबार एक सुचना जारी गर्दै कोरोना भाइरस रोकथाम र जोखिमबाट बच्न मर्यादित र सभ्य तरीकाले फागु मनाउन आग्रह गरेका छन्।

फागुका बहानामा अभद्र व्यवहार नगर्न, कसैको इच्छा विपरित रंग र लोला नहान्न प्रशासनले जिल्लाबासीलाई आग्रह गरेको छ। फागु पर्व अमर्यादित र अभद्र रुपमा खेलेमा कानुन अनुसार कारबाही गर्ने प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बुधवार नै अर्को सुचना निकालेर विभिन्न प्रकारका उत्सव, मेला, जात्रा, पर्व, ठुला सभा समारोह नगर्न, फागु लगायतका पर्वमा भेला नहुन, त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन सबैलाई अनुरोध गरेको छ।

कोरोना भाइरसको संक्रमण र त्रास बढ्दै गएकोले मानिसको धेरे भिडभाड हुने मेला, महोत्सव लगाएतका कार्यक्रम नगर्न स्थानीय प्रशासनले आग्रह गरेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.