|

बैतडी : नेपाल–भारतको जिल्लास्तरीय समन्वय समितिको बैठक बैतडीमा सम्पन्न भएको छ। दुईपक्षीय हितका विभिन्न ७ बुँदामा सहमति गर्दै बैठक सकिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। 

शान्ति-सुरक्षा, बिपद्‌ व्यवस्थापन, झुलाघाटमा मोटरेबल पुलनिर्माण र ओखटोपहार नियन्त्रण गर्नेबारे बुधबार दुई देशका स्थानीय अधिकारीहरुबीच सहमति भएको हो। साथै कोरोना भाइरससम्बन्धी,पहिरोसम्बन्धी र पेन्सनसम्बन्धी गरेर विभिन्न ७ बुँदामा दुई पक्षबीच सहमति भएको छ।

सीमामा हुने अपराध नियन्त्रणका लागि दुबै देशले समन्वय गर्ने, विपदपूर्व तथा विपदका बेला सूचना आदानप्रदान गर्ने, कोरोना भाइरस फैलन नदिन सीमामा रहेका हेल्थ डेस्कमा चेकजाँच गर्ने र उपकरणमा सहयोग गर्ने सहमति भएको छ।

यस्तै, सीमा क्षेत्रमा हुने सडकनिर्माणका बेला हुने सम्भावित ख्याल गर्ने गरि निर्माण गर्ने र भारतीय पेन्सनधारी नेपाली नागरिकले पेन्सन बुझ्न भएको समस्या समाधानका लागि पहल गरिने, नेपाल भारत सीमानाका झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि प्रदेश सरकार र केन्द्रिय सरकारलाई अनुरोध गर्ने सहमति भएको तथा यसका साथै समन्वय समितिको बैठक हरेक ३/३ महिनामा बस्ने पनि निर्णय भएको प्रजिअ पौडेलले जानकारी दिए।

बैठकमा भारतको पिथौरागढ जिल्लाका डिस्टिक म्याजिस्टेट(डीएम) डाक्टर विजयकुमार जोगदण्डे, बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदूनाथ पौडेलको सहभागीता रहेको थियो। जिल्ला प्रशासन कार्यालय बैतडीमा सम्पन्न बैठकमा पिथौरागढ, बैतडी, दार्चुलामा सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो।  

दुई देशका जिल्लास्तरीय समन्वय समितिको बैठक बैतडीमा पहिलोपटक बसेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.