|

गुल्मी : घरमा १० जनाको परिवारलाई धान्दै आएका ४५ बर्षीय रामबहादुर खडकाको निधन भएपछि परिवारमा किरिया खर्चको समेत अभाब भएको छ।

गुल्मीको मदाने गाउँपालिका वडा नं ७ भनभने नेटाखर्कका ४५ बर्षीय राम बहादुर खडकाको फागुन १५ गते दुबै मिर्गौला फेल भएपछि उनको निधन भएको पारिवारले जनाएको छ। घरमा ८ वटी छोरीहरु र एक जना छोरासँगै उनकी श्रीमतीको लालन पोषण गर्दै आउनुभएका खडकाको निधन भएपछि परिवारमा आर्थिक समस्या भएको र उनको किरिया खर्चमा समेत समस्या भएको स्थानीय नारायण पौडेलले जानकारी दिए।

पौडेलका अनुसार उनको परिवारमा ८ वटी छोरीहरु मध्ये दुई वटी छोरीहरुको बिबाह भएको र बाँकी ६ वटी छोरीहरु र एक जना छोरासँगै उनकी श्रीमती निर्मला खडकाको परिवारमा अहिले किरिया खर्चको समेत समस्या भएकाले घाटबाटै किरिया खर्चका लागि आर्थिक संकलन अभियान चलाएको बताए। घरको आर्थिक अवस्था कमजोर भएको र दिनभर मेलापात गरि परिवारको गुजारा चलाउँदै आएका खडकाको निधन भएपछि घरमा बिचल्ली भएको उनले बताए। 

११ बर्षीय छोरामा समेत समस्या

खडकाका ११ बर्षीय मनिष खड्का बाबुको किरिया बसिराखेका छन। उनलाई घरको आर्थिक समस्या र सानै उमेरमा बाबु गुमाउनु पर्‍यो भने उनको पनि स्वास्थ्यमा समस्या रहेको छ। उनलाई सानै उमेरमा शारीरिक समस्या देखा परेको स्थानीयहरुले बताएका छन्‌। उनको लिङ्ग कहिले सुन्निने र फुल्दै जाने समस्या रहेको उनकी आमा निर्मला खडकाले बताइन्।

श्रीमान गुमाउनुको पीडा त छँदैछ, त्यसमाथि छोराको यस्तो समस्या देखा परेको बताउँदै उनले घरखर्च र छोराको उपचारमा समेत समस्या परेको बताइन्‌। छोरा छोरी साना रहेको बताउँदै दिनमा मेलापात गरी गुजारा चलाउने श्रीमान समेत गुमाउनु पर्दा अब कसको आश गर्ने भन्दै उनले दुखेसो पोखिन। उनले किरिया खर्च समेत स्थानीयहरुले चन्दा उठाएर उम्काउन थालेको भन्दै अब छोराको उपचार लालन पालनमा ठूलो समस्या भएको बताइन्। 

किरिया खर्चका लागि जिशीको ३५ हजार सहयोग

स्थानीय एवम्‌ नेकपाका प्रदेश नं ५ का सदस्य बुद्धि जिशीले किरिया खर्च समेत अभाब भएको थाहा पाएपछि किरिया खर्चका लागि ३५ हजार रुपैयाँ सहयोग गरेका छन्। 'सेवा नै धर्म हो' भन्ने हिसाबले र आफू पनि स्थानीय भएका कारण किरिया खर्चका लागि आफुले ३५ हजार रूपैयाँ सहयोग गरेको उनले बताए।

उनले ७ जना बालबच्चाको पढाईलाई पनि आफुले सक्दो सहयोग गर्ने भन्दै ११ बर्षीय मनिषको उपाचारमा पनि सहयोग गर्ने बताए। अन्य त्यहाँका स्थानीयहरुले १२ हजार रुपैयाँ संकलन गरेको भन्दै सहयोगका लागि स्थानीय नारायण पौडेलसँग सम्पर्क गर्न र उनको मोबाइल नम्बर ९८४७०४७५०२ मा सम्पर्क गर्न समेत आग्रह गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.