भारतसँग सीमा जोडिएका ६ मुख्य र ३१ सहायक नाकामा कडाइ

|

काठमाडौं :  सरकारले अबदेखि ६ वटा देशबाट नेपाल भित्रिने यात्रुका लागि कोरोना भाइर संक्रमित नभएको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था गरेको छ।

पछिल्लो समय सबैभन्दा धेरै कोरोना भाइरस फैलिएका चीन, जापान, दक्षिण कोरिया, इटाली, इरानबाट आउने सबैले अनिवार्य कोरोना नेगेटिभ भएको स्वास्थ्य रिपोर्ट देखाउने पर्ने भएको हो। 

भाइरस अतिप्रभावित देश हुँदै नेपाल भित्रिने जुनसुकै देशका नागरिकले नेपाल प्रवेश गर्नुपूर्व आफूमा कोरोना भाइरस नभएको स्वास्थ्यको रिपोर्ट देखाउनुपर्ने नियम सरकारले लागू गरेको हो।

शनिबार मूख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको सचिव तथा सहसचिवहरुको बैठकले कोरोना भित्रिन नदिन थप कडाई गर्ने निर्णय गरेको हो। त्यही निर्णयमा यी पाँचवटा देशबाट आउनेले अनिवार्य सात दिनभित्र कोरोना परीक्षण गराएको स्वास्थ्य रिपोर्ट देखाउनुपर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-सचिव डा. विकास देवकोटाका अनुसार पछिल्लो पटक कोरोना भाइरस धेरै फैलिएका देशबाट आउने नेपाली तथा विदेशी नागरिकहरुबाट कोरोना भित्रिन नदिन यो नयाँ नियम लागू गरिएको हो।

‘चीन, जापान, दक्षिण कोरिया, इटाली र इरान कोरोना अतिप्रभावित देश हुन्', उनले भने, 'ती देशबाट भित्रिन सक्न सम्भावित जोखिमलाई न्यूनीकरण गर्न अब नेपाल प्रवेश गर्ने जो-कोहीले स्वस्थ रहेको प्रतिवेदन पेश गर्नुपर्ने नियम राखिएको हो।‘

भारतीय सीमामा कडाइ

यस्तै हिजो बसेको बैठकले भारतसँग सीमा जोडिएका तराईका ६ मूख्य नाका र अन्य ३१ सहायक नाकामा राखिएका हेल्थ डेस्कलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।

यस्तै गरि ठूला अस्पतालहरुलाई सम्भावित जोखिम र कोरोना संक्रमिको उपचारका लागि अझै अलर्ट रहन निर्देशन दिनेसमेत निर्णय गरेको छ।

चीनमा सन् २०१९को अन्त्यमा देखिएको कोरोना भाइरस (कोभिड-१९)ले अहिलेसम्म एक लाख ६ हजार मानिस संक्रमित भएका छन् । ३ हजार ५ सय बढीको ज्यान गइसकेको छ। यो भाइरस अहिले विश्‍वका १०३ मुलुमा फैलिसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.