सल्यान : विश्वभर सन्त्रासको रूपमा फैलिरहेको कोरोना भाइरसविरुद्ध सल्यानका विभिन्न ठाउँमा हात धुनको लागी साबुन पानीको व्यवस्था गरिएको छ।
जिल्लाको प्रमुख केन्द्र श्रीनगरमा श्रीनगरमा बजार व्यवस्थापन समितिको पहलमाश्रीनगर बजारका चोक चोकमा साबुन पानीको व्यवस्था गरिएको हो।
साथै कोरोना भाइरस के हो यसका लक्षणहरू र यसबाट बच्ने उपायहरूको बारेमा जनचेतनामूलक सन्देशहरू दिइएको छ। धारा जडित ड्रममा हातमुख धुनको लागी पानी र साबुनको व्यवस्था गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष हपिस भण्डारीले जानकारी दिए।
उनले भने, 'कोरोना ढिलो चाँडो नेपालमा आउन सक्छ त्यसैले यसको पूर्व तयारका लागि यस्ता विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरिएको ५।' श्रीनगरमा साबुन पानीको व्यवस्थापन लाई निरन्तरता दिईने र कोरोनाको बारेमा सबै मानिसहरूले जानकार हुन आवश्यक रहेको बताउँदै नेपाल सरकारले कोरोना भाइरस नेपाल भित्रिन नदिन आवश्यक सम्पूर्ण व्यवस्थापन गर्नुपर्ने समेत बताए।
आइतबारसम्म कोरोना भाइरस आक्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सख्या ३ हजार भन्दा बढि नाघेको छ। गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान सहरबाट फैलिएको यस भाइरसको सक्रमण हाल ७० भन्दा बढी देशमा फैलिएको छ।
कोरोना भाइरसबाट अहिलेसम्म विश्वभरि करिब एक लाख मानिसहरू संक्रमित भइसकेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।