एक दुई दिनमै प्रजिअ पठाउँछौँ :  गृह

|

गुल्मी :  जिल्ला प्रशासन कार्यालय गुल्मी २० दिनदेखि  प्रमुख जिल्ला अधिकारीविहीन भएको छ। फागुन महिनाको ११ गतेदेखि  निमित्त प्रमुख जिल्ला अधिकारी उद्धव पन्थीको भरमा जिल्ला प्रशासन कार्यलय गुल्मी  चलेको छ।

जिल्लामा प्रमुख जिल्ला अधिकारी नहुँदा प्रमुख जिल्ला अधिकारी बिना नहुने कार्यहरु मुद्धाहरु हेर्ने , पेशी तोक्ने, मुद्धाहरुको फैसला गर्ने,  पेन्सनसम्बन्धी प्रमुख जिल्ला अधिकारीले गर्नुपर्ने प्रमाणितका कार्यहरु, नागरिकता संशोधन, विपतसम्बन्धी राहत वितरण,  शान्ति सुरक्षाका कार्यहरु  र जिल्ला प्रशासन कार्यलय गुल्मीबाट हुने आर्थिक  कामसमेत प्रभावित भएका छन्। 

अभद्र व्‍यवहारको पेशीसमेत हट्यो

जिल्ला प्रशासन कार्यालय गुल्मीमा २९ गते बिहीबारका लागि तोकिएको अभद्र व्‍यवहारको पेशीसमेत रोकिएको  जिल्ला प्रशासन कार्यालय गुल्मीका मुद्धा फाँटका प्रमुख  जयश्वर पन्थीले जानकारी दिए। २९ गते बिहीबारका लागि तोकिएको पेशी प्रमुख जिल्ला अधिकारी नभएका कारण हटाइएको पन्थीले जानकारी दिए।

तत्कालीन प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला सह-सचिव पदमा बढुवा भएपछि कसैको पदस्थापन नहुँदा प्रमुख जिल्ला अधिकारीले गर्ने  काम प्रभावित भएका छन्।

नियमित सेवा दिइरहेका छौँ : सूचना अधिकृत पाण्डे

यता, जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी लक्ष्मण पाण्डेले दैनिक रुपमा गरिरहने कामकाजहरु भइरहेको जानकारी दिएका छन्। प्रमुख जिल्ला अधिकारीले गर्ने कार्यहरुबाहेक अन्य काम  सहज रुपमा सेवाग्राहीहरुलाई दिइरहेको उनको दाबी छ।

प्रजिअ नहुँदा समस्या

जिल्लाको अभिभावक अर्थात् प्रमुख जिल्लामा नहुँदा विभिन्‍न काम प्रभावित भएको नागरिक समाजले जनाएको छ। दैनिक रुपमा शान्ति सुरक्षासँगै सुशासन, विकास निर्माणका कार्यमा हुने अनुगमन निर्देशनलगायत प्रमुख जिल्ला अधिकारीले गर्ने कामहरु रोकिएको र  सेवा ग्राहीहरुले समस्या झेल्नु परेको नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले बताए।

प्रमुख जिल्ला अधिकारीले गर्ने कार्यहरुमा  निमित्तले जोखीम मोलेर निर्णय गर्न पनि नसक्ने र शान्ति सुरक्षा लगायतमा निर्णय लिन नसक्ने भएकाले यस समयमा आगोलागी, भइपरी लगायतका विपदका घटना आइपर्न सक्ने र निमित्तले निर्णय लिन नसक्ने भएको भन्दै लामो समयसम्म प्रमुख जिल्ला अधिकारी विहिन जिल्ला हुनु दुःखद भएको पाण्डेले बताए।

एक दुई दिनमै प्रजिअ पठाउँछौँ :  गृह

यता, गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार तत्कालीन प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाको सह सचिव पदमा बढुवा भएको भन्दै केही दिनमै नयाँ प्रमुख जिल्ला अधिकारी पठाउने तयारी भइरहेको जानकारी दिए। 

जिल्लाका केही कामकाजहरु रोकिएका छन् त्यसलाई मध्यनजर गर्दै एक दुई दिनभित्रमै  प्रजिअको पदस्थापना गर्ने तयारी रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.