|

इटहरी : जिल्ला अदालत सुनसरीमा कृष्णबहादुर गिरि उर्फ सिद्धबाबा बलात्कार मुद्दा हेर्दै आएका न्यायाधीशको सरुवा भएको छ।

अदालतको एक नम्बर इजलासका न्यायाधीश राधाकृष्णप्रसाद उप्रेतीको सरुवा भएपछि बिहीबार तोकिएको सिद्धबाबाको मुद्दा सुनुवाइको पेसी स्थगितसमेत भएको छ। उप्रेतीको सरुवा सिद्धबाबाकै मुद्दाका कारण भएको आशंका गरिएको छ। उनी यही साउनमा सुनसरी सरुवा भएका थिए।

मुद्दा हेर्दै गएको न्यायाधीशको सरुवा भएपछि २८ गते तोकिएको पेसी तत्काल स्थगित भएको हो। उप्रेतीको ठाउँमा जिल्ला अदालत गुल्मीका न्यायाधीश अर्जुन कोइराला आउँदैछन्।

आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेको सिद्धबाबाको मुद्दा उप्रेतीले हेर्दै आएका थिए। सिद्धबाबालाई धरौटीमा छोड्न आदेश दिने उप्रेतीको काज सरुवा जिल्ला अदालत गुल्मीमा भएको छ।

थुनछेक बहसपछि उप्रेतीले कानुनी व्यवस्थालाई उल्लंघन गर्दै सिद्धबाबालाई धरौटीमा रिहा गरेको भन्दै आलोचना भएको थियो।

सरकारी वकिलको बयानमा सिद्धबाबाले पीडित महिलासँग माफ मागेको अडियो आफ्नै भएको भएको बताएका थिए। सरकारी वकिलमा दिएको बयानमा माफी मागेका सिद्धबाबाले अदालतमा भने पीडितसँग फोनमा बोलेको र माफ मागेको झुट हो भनेका थिए।

सोही विषयमा सरकारी वकिलले बहस गर्दा पनि उप्रेतीले धरौटीमा छोडेका थिए। जिल्लाको आदेशमा आफ्नो पक्षमा आदेश नआएपछि सरकारी वकिल कार्यालय उच्च अदालत गएको थियो। सोही मुद्दामा जिल्ला अदालतको आदेशलाई उल्त्याउँदै उच्च अदालतले सिद्धबाबालाई पुर्पक्षको लागि कारागार चलान गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.