|

विश्वव्‍यापी रूपमा कोरोना संक्रमण बढ्दै गएको र स्पेनिस क्लब रियल म्याड्रिडका सबै खेलाडी क्वारेन्टाइनमाब बस्नु परेपछि युइएफएल च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल म्याड्रिडबीचको दोस्रो लेग स्थगित गर्ने निर्णय गरेको छ।

रियलका सबै खेलाडी क्वारेन्टाइनमा रहे पनि यसअघि नै लालिगाले दुई चरणका खेलहरु स्थगन गरेको छ। च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेग
सिटीको मैदानमा मंगलबार रातिको लागि तय भएको थियो। पहिलो लेगमा सिटीले रियलविरुद्ध २–१ को अग्रता बनाएको छ।

चीनबाट सुरु भएको कोरोना (कोभिड–१९) भाइरस अहिले विश्वव्यापी रुपमा महामारीका रुपमा अघि बढेका छन्। यस्तै युभेन्ट्स र लियोनबीचको दोस्रो लेगसमेत स्थगित भएको छ। दोस्रो लेग १७ मार्चमा युभेन्ट्सको मैदानमा हुने तालिका रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.