|
फाइल तस्बिर

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) का कारण यात्रु संख्यामा आएको कमी आएपछि नेपाल वायुसेवा निगमले आफ्नो उडान तालिकामा कटौती गरेको छ। दैनिक दुईवटा उडान गर्दै आएको काठमाडौं-दिल्ली-काठमाडौं उडान मार्च १५ देखि लागू हुने गरी एउटा मात्र उडान हुने निगमले जनाएको छ।

निगमका अनुसार अब बिहानको उडान नियमित राखी साँझको विमान अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको छ। बैंगलौरको नियमित उडान मार्च १९ र ३१ तारिखका लागि रद्द गरिएको छ भने मुम्बइका लागि हुने प्रत्येक शुक्रबारको उडान १५ मार्च देखि १५ अप्रिलसम्म स्थगित गरेको छ।

बैंककको मार्च ११ र मार्च २५ को उडान एवं हङकङको मार्च १९ र मार्च २६ को उडान पनि रद्द गरिएको छ। काठमाडौं दोहा बीचको उडान फागुन २७ गतेदेखि नै अर्को सूचना नभएसम्मका लागि स्थगित गरिसकिएको निगमले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.