|

काठमाडौं : गुणस्तरहीन काम भएपछि टेकुदेखि कालीमाटी जोड्ने विष्णुमती खोलामा बनेको पुलमा तारबार लगाइएको छ। डिजाइनअनुसार काम नभएको र पुल निर्माणका क्रममा गुणस्तरहीन सामान प्रयोग भएको भेटिएपछि पुल भत्काउनुपर्ने भन्दै आवतजावत नै बन्द गरिएको छ। 

पुलको ठेक्का पप्पु कन्स्ट्रक्सनले लिएको थियो। पुल बनेर  केही समय सवारी पनि गुडेका थिए। उक्त पुलको डिजाइनविपरीत बिम ढलान गरेको, लठ्ठामा पनि समस्या देखिएको, काम रोक्न निर्देशन दिँदासमेत गुणस्तरहीन ढलान गरेकाले पुल सञ्चालनमा रोक लगाउनुपरेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ। 

पुलमा अहिले आवतजावतमा रोक लगाइएकाे छ। यो ठाउँ अहिले फोहोर राख्‍ने डम्पिङस्थलका रूपमा प्रयोग गरिएकाे छ। 

 फोटोमा हेर्नुस् पुलको अवस्था :  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.