|

इटहरी : राष्ट्रिय गौरवको कोशी कोरिडोर २२० केभिए लाइन तीनजुरेको लालीगुराँस फुल्ने स्थानबाटै ल्याएर जैविक विविधता मास्न खोजेको भन्दै प्रदेशसभा एकमा प्रश्न उठेको छ।

संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फेले आइतबारको प्रदेशसभाको शून्य समयमा लालीगुराँसको राजधानीलाई जोगाउदै विधुत लाइन ल्याउन ध्यानाकर्षण गराएकी हुन्।

तीनजुरे मिल्के जलजले क्षेत्रको वनमा २८ प्रजातिका गुराँस फुल्ने कारण विश्वभर चर्चित छ। लालीगुराँसको राजधानी समेत भने चिनिने टिएमजे क्षेत्रलाई चिनिन्छ। विधुत प्रसारण लाइन टिएमजे क्षेत्रबाटै ल्याएर जैविक विविधता मास्न खोजेकोबारे तुम्बाहाम्फेले सो कदम सच्याउन आग्रह गरेकी थिइन्।

प्रारम्भिक वातावरण परीक्षण गर्दा सिमसार लगायतका जैविक महत्त्वको ठाउँबाट डोजर चलाउन नपाइने व्यवस्था भए पनि वन मास्ने तरिकाले डोजर काम भइरहेको तुम्बाहाम्फेले बताइन। तुम्बाहाम्फेले भनिन्‌, ’१० हजार लालीगुराँसको रुख कटान गरी जैविक विविधता नै मासिने गरिको कस्तो विकास हुन खोज्दैछ।’

विधुत प्रसारण आयोजनाले रुख काट्दा टिएमजे वसन्तपुर खानेपानी लसुने खानेपानी देउराली खानेपानी लगायतका १७ वटा खानेपानीको मुहान, ६ वटा पोखरी, ४ वटा धापहरू र ५ वटा सिमसारहरू सुक्न सक्ने तुम्बाहाम्फेले सदनलाई जानकारी गराएका छन्।

’विधुत नल्याउने वा नबाल्ने भन्ने हैन तर हामीले वातावरण पनि संरक्षण गर्नु पर्दछ,तीनजुरेका केही प्रसारणलाई लाइनका टावरहरू सार्नुपर्ने देखिन्छ। यदि सामान्य परिवर्तन समेत गरिएन भने तिनजुरेको अस्तिव मेटिन सक्छ। ठुला आयोजना कार्यान्वयन गर्दा तीनै तहको सरकारको समन्वय गरी काम होस्।’

कोरोना रोकथाम तयारीमा सत्तापक्षकै सांसदले पोखे असन्तुष्टि

प्रदेश भित्र कोरोना भाइरस संक्रमण हुन नदिन प्रदेश सरकारले गरेको काम अपुरो रहेको सत्तापक्षकै सांसदले आरोप लगाएका छन्। संसद बैठकको विषेश समय लिएर बोलेका नेकपा सांसद गोपालचन्द्र बुढाथोकीले भाइरस संक्रमण रोक्न सिमानामा गरिएका तयारी अपुर्ण भए भन्दै असन्तुष्टि पोखेका थिए।

पर्याप्त उपकरण र स्वास्थ्यकर्मी परिचालन नगर्नु, सीमा क्षेत्रमा कोरोना संक्रमणको आशंका लागेका बिरामीलाई उपचार हुने ठाउ सम्म एम्बुलेन्ससहित चिकित्सक व्यवस्था नभएको बताए।

प्रदेशसभाको शून्य समयमा बोलेका अर्का सांसद राजन राईले पनि कोरोना भाइरस नियन्त्रणमा सरकारको प्रयास पर्याप्त नभएको बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.