|

काठमाडाैं : पेट्रोलियम पदार्थ भर्न पेट्रोल पम्पमा भिड लाग्न थालेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाए तापनि बिक्री वितरण सहज नहुँदा उपभोक्ता लामो लाइनमा बस्न बाध्य भएका हुन्।

सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा दुई रुपैयाँका दरले मूल्य घटाइएको थियो। तर, बजारमा व्यवसायीहरूले कृतिम अभाव सिर्जना गरेका छन्। 

कोरोना भाइरसको विश्वव्यापी महामारीलाई देखाएर निजी पेट्रोल पम्पले पेट्रोल वितरण गर्न छोडेपछि विभिन्‍न सरकारी पेट्रोल पम्पमा उपभोक्ताको भिड देखिएको हो।

फोटोमा हेर्नुस् भद्रकालीस्थित सेनाको पेट्रोल पम्पमा उपभोक्ताको लाइन :


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.