नेपाली सेना चिनियाँ सीमातर्फ

|

 दार्चुला : सशस्त्र प्रहरीको टोली भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रतर्फ हिँडेको छ। सशस्त्रको टोली दार्चुला सदरमुकाम खलंगाबाट मंगलबार त्यसतर्फ लागेको हो।

कालापानी क्षेत्रभन्दा झण्डै १२ किलोमिटर दक्षिणी क्षेत्रमा निर्माण हुने बिओपी (बोर्डर आउट पोस्ट्) निर्माण क्षेत्रको स्थलगत अध्ययन गर्न टोली त्यसतर्फ लागेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेक्वार्टर दार्चुलाका गुल्मपति डम्बरबहादुर बिष्टको नेतृत्वमा १५ जना सशस्त्र प्रहरीको टोली त्यसक्षेत्रको अध्ययन गर्न गएको हो।

व्यास गाउँपालिका वडा नम्बर १ गागामा बन्ने बिओपी निर्माण क्षेत्रको स्थलगत अध्ययन र आफ्नो सीमाको नियमन गर्न टोली त्यसतर्फ लागेको गुल्मपति बिस्टले जानकारी दिए।

टोली चैत्र १० गते मात्रै खलंगा फर्किने छ। अहिले बिओपी बन्‍ने क्षेत्र (व्यास गाउँपालिका वडा नम्बर १ गागा) मा हिउँ जमेकाले त्यस क्षेत्रको वास्तविकता बुझी आवश्यक काम अगाडि बढाउन सजिलो हुने गुल्मपति बिस्टले बताए।

फागुन २५ गतेबाट नेपाली सेनाको टोली पनि उत्तरी क्षेत्रको निगरानीका लागि व्यास गाउँपालिकामा पुगेको छ । मंगलवार दुर्गा दल गुल्मको सेनाको टोली व्यास गाउँपालिका-२ दुम्लिङमा रहेको छ।

झण्डै आधा महिना उत्तरी क्षेत्रमा बस्दा नेपाली सेनाले त्यस क्षेत्रको सीमा निगरानी, उत्तरी क्षेत्रमा सुरक्षा उपस्थितिका लागि आवश्यक सूचना संकलन गर्ने भएको छ। 

दार्चुला-तिंकर सडकको बाँकी क्षेत्र निर्माणका लागि सेनाले जिम्मेवारी पाएको अवस्थामा कसरी काम अध्ययनका लागि टोली त्यस क्षेत्रमा गएको सैनिक स्रोतले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.