|

काठमाडौं : अत्यावश्यक सेवा बाहेक दूतावासमा नआउन अस्ट्रेलियास्थित नेपाली राजदूतावासले अपिल गरेको छ। 

दूतावासले सूचना जारी गर्दै राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, गैरआवासीय नेपाली परिचयपत्र, भिसा र सवारी चालक अनुमतिपत्रलगायतका कागजात प्रमाणीकरण गर्नुपर्ने भए हुलाकमार्फत पठाउन पनि आग्रह गरेको छ।  

अधिकृत वारेशनामा, मञ्जुरीनामालगायत राजदूतावासमा स्वयं उपस्थित भई सहीछाप गरिनुपर्ने कामका लागि भने नेपाली दूतावास जान सक्नेछन्। अत्यावश्यकीय सेवा लिन आउने व्यक्तिले पहिले दूतावसलाई जानकारी गराउन पनि भनेको छ। त्यस्ता व्यत्तिले बिहान १० देखि १ बजेभित्र सेवा लिनसक्नेछन्।

त्यस्तै अत्यावश्यक अवस्थाबाहेकमा हिँड्डुल नगर्न पनि दूतावासले नेपालीलाई आग्रह गरेको छ।

यस्तो छ दूतावासको अपिल

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.