|

काठमाडौं : गीतकार तारा अधिकारीको शब्द रहेको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक 'फुलेको केश' बोलको गीतमा अन्जु पन्तले स्वर दिएकी छिन् ।

वसन्त सापकोटाले संगीत दिएको यस गीतलाई फनिन्द्र राईले एरेन्ज गरेका छन्। गीतको रेकर्डिस्ट सुमन खड्का हुन् । रमेश थापाको निर्देशनमा बनेको भिडियोमा दीलिप रायमाझी, सिरु विष्ट, तारा अधिकारी, सुजता बराल र सुलोचना आचार्यको अभिनय रहेको छ। भिडियोमा श्रीमानले धोका दिएर अर्काको श्रीमतीसँग लागेको कुरालाई देखाइएको छ।

रत्न जोशीको करियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन्। भिडियो सम्पादनको जिम्मा नहकुल खड्काले लिएका छन्।

भिडियो 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.