भक्तपुर : मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित मनोहरा बस्ने विमला राईलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले तीन महिलालाई बिहीबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा मध्यपुर थिमि–१ लोहकिल्थली बस्ने धादिङ खानीखोला–१० का ३६ वर्षीया अप्सरा बाँस्कोटा, ताप्लेजुङ तेलोक गाउँपालिका २ का ३४ वर्षीया सुनिता सुब्बा र १८ वर्षीया एनिहा सुब्बा छन।
उनीहरूलाई मृतक विमलाका १८ वर्षीय छोरा अनिश राईको किटानी जोहरीमा आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गरी अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत डिएसपी दीपक गिरीले जानकारी दिए। खोटाङ दिक्तेल नगरपालिका–३ का ३५ वर्षीय विमला राई बुधबार साँझ आफ्नै डेरामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
घटनालगत्तै महानगरीय प्रहरी वृत्त थिमीको प्रहरी अधिकृत सहितको अनुसन्धान अधिकृतको टोलीले प्रारम्भिक अनुसन्धान कार्य गरी मृतकको शव परीक्षणको लागि त्रिवि शिक्षण अस्पताल, फोरेन्सिक मेडिसिन विभाग महाराजगन्ज पठाइएको गिरीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।