|

एजेन्सी : सबैभन्दा पहिले कोरोना भाइरस संक्रमण पुष्टि भएको चीनको वुहान सहरमा संक्रमणका कारण मृत्यु हुने बिरामीको दर १ दशमलव ४ प्रतिशत रहेको अनुसन्धानबाट पत्ता लागेको छ। 

बिहीबार अनुसनधानबारे रिपोर्ट सार्वजनिक गरिएको थियो। जसमा  विश्वभर संक्रमणका दुई लाखभन्दा बढी बिरामीमध्ये एउटै सहरमा सबैभन्दा धेरै चीनको वुहानमा भेटिएका थिए। त्यसमध्ये १ दशमलव ४ प्रतिशतको मृत्युको कारण भाइरस संक्रमण रिपोर्टमा उल्लेख गरिएको छ। 

विश्व स्वास्थ्य संगठनले यसै महिना दिएको जानकारीमा विश्वव्यापी रूपमा संक्रमितमध्ये ३ दशमलव ४ प्रतिशतको मृत्यु भएको बताइएको थियो। यसबारे विज्ञहरूले कोरोना संक्रमणको परीक्षण गर्ने सीमित क्षमताका कारण संख्या बढी देखिएको भए पनि वास्तविक मृत्युदर उल्लेख्य रूपमा कम रहेको दाबी गरेका छन्। 

अनुसन्धानकर्ताहरूले चीनको वुहानबाट प्राप्त विभिन्न आठ निजी तथा सरकारी तथ्यांक स्रोतहरूलाई समीक्षा गरेका र त्यसबाट वास्तविक मृत्युदर आएको उल्लेख गरेका छन्।

स्रोतहरूमा पुष्टि भएका बिरामीहरूको वुहानबाट प्रकाशित तथ्यांक, पुष्टि भएका हवाई यात्रुका विवरण, पुष्टि भएका तथा मृत्यु भएका व्यक्तिको उमेरगत विवरण र संक्रमितको सुरुवाती तथ्यांक र मृत्युलगायत आठथरी विवरण उल्लेख छन्।

अध्ययनका लागि फेब्रुअरी २९ सम्मको तथ्यांक समावेश भएको र त्यतिबेलासम्म मुख्यभूमि चीनमा दुई हजार ८ सय ३८ व्यक्तिको मृत्यु भएको थियो भने ७९ हजार ३ सय ९४ व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.