|

काठमाडौं : कोरोनाको बढ्दो त्राससँगै उपत्यका छोड्नेको संख्या ह्वात्तै बढेको छ। सरकारले  शैक्षिक संस्था बन्द गर्नुका साथै एसईई परीक्षासमेत स्थगित गरेपछि उपत्यका छोड्नेको भीड बढेको हो।

बिहीबारमात्र उपत्यकाबाट ९० हजार हाराहारीमा यात्रुहरू बाहिरिएको महाशाखाले जनाएको छ। शुक्रबार पनि उपत्यका छोड्नेको संख्या अत्यधिक थियो। 

सरकारले चैत १० गतेदेखि देशभर लामो दुरीमा चल्ने सवारीसाधन सञ्चालन बन्द गर्दैछ। विद्यालयलगायत सबै शैक्षिक संस्था बन्द गरिएकाले राजधानीमा अस्थायी बसोबास गर्ने मानिसहरू धमाधम आफ्नो गाउँ/देहात फर्कने हतारोमा छन्‌।

तर यात्रुहरूको मागअनुसार यातायात व्यवसायीहरूले टिकट उपलब्ध गराउन सकेका छैनन्‌। टिकट नपाउँदा यात्रुहरूको बिचल्ली भएको छ। संकटका बेला मानवीय धर्म र व्यवसायिक आचरणको समेत ख्याल नगरी मुनाफा कमाउन पल्केका यातायात व्यवसायीहरूले अहिले पनि आफ्नो अनुहार उदाङ्गो पारेका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.