|

जनकपुरधाम : विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन जनकपुरधाममा मन्दिर र मस्जिदमा प्रार्थना सुरु गरिएको छ। शुक्रबार जनकपुरधामको जामे मस्जिद हनफियामा नमाज पढ्दै मुस्मिम समुदायले अल्लाहसँग प्रार्थना गरेका छन्। उनीहरूले ‘कोरोनाको महामारीलाई रोक मेरो खुदा’ भन्दै अल्लाहसँग प्रार्थना गरेका हुन्। 

यस्तै जनकपुरधामको प्रसिद्ध तथा ऐतिहासिक राम मन्दिरमा समेत पण्डितहरूले कोरोना भाइरसबाट देशलाई बचाउन धार्मिक अनुष्ठान सुरु गरेका छन्। 
पण्डितहरूले बिहीबारदेखि नै सामूहिक जप गर्न थालेका हुन्। महन्थ राम गिरीका अनुसार पण्डितहरूले बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म जप गर्छन्। उनीहरू पाँच दिनसम्म जप गर्छन्। त्यसपछि हवनसमेत गर्नेछन्। कोरोनाको संक्रमण फैलिन नदिन सवा लाख मृत्युञ्जय जपपश्चात् हवनसमेत गरिने महन्थ गिरीले बताएका छन्। महन्थ गिरीले जप गर्दैमा कोरोनाको संक्रमण रोकिने ग्यारेन्टी नभए पनि प्रहरी प्रशासनले सीमा नाकाहरूमा निगरानी बढाउनुपर्ने बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.