|

सिन्धुली : जिल्ला अस्पतालमा कोभिड–१९ को आशंकमा आइसोलेसनमा राखेर उपचार गरिएका एक जना बिरामीमा कोरोना नभएको पुष्टि भएको छ। काठमाडौं टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा इन्फ्लुएञ्जा ए पोजेटिभ र कोभिड–१९ नेगेटिभ भेटिएको अस्पतालका प्रवक्ता डा प्रसन्न राजभण्डारीले जानकारी दिए।

गत बुधबार ज्वरो अत्याधिक आएपछि अस्पतालमा ल्याइएका कमलामाई नगरपालिका–७ का ८१ वर्षीय वृद्धलाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। यसैविच सिन्धुली जिल्ला अस्पतालले फिबर क्लिनिक आइतबारदेखि सञ्चालन हुने भएको छ। खोकी तथा ज्वरो आएका बिरामीको उपचार छुट्टै गर्ने व्यवस्था मिलाइएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले जानकारी दिए। अस्पतालले कोरोनाको जोखिम हुन नदिन यसअघि साबुनपानीले हात धुने व्यवस्था मिलाएको थियो।

शुक्रबार  सहायक प्रजिअ विजया प्रसाईंको नेतृत्वमा बसेको सरोकारवाला निकायको बैठकले कमलामाई नगरपालिका–६ माझिटारमा खाली रहेको भूसंरक्षणको कार्यालयलाई क्वारेन्टाइनस्थल बनाउने निर्णय गरेको हो। बैठकले जिल्लाका सबैै स्थानीय तहको समन्वयमा सचेतनामूलक अभियानहरू सञ्चालन गर्ने, कोरोना भाइरस जोखिम रोकथाम तथा बच्ने उपायसहित पर्चा, पम्प्लेट जस्ता सामग्रीका माध्यमबाट प्रचारप्रसारको अभियान चलाउने निर्णय पनि गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.