|

गोरखा : विश्वभर महामारी रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न तथा बचाउनका भन्दै गोरखाको गोरक्षनाथ वैदिक गुरुकुलमा दैनिक नित्य हनुमान चालिसा पाठ गर्ने गरिएको छ। 

कोरोना भाइरस वायुबाट फैलने भएकाले वायुपुत्र हनुमानलाई प्रसन्‍न पार्न दैनिक बिहान र साँझ हनुमान चालिसा पाठ गर्ने गरिएको प्राचार्य ईश्‍वरीप्रसाद उपाध्यायले जानकारी दिए। ‘कोरोनाको भाइरस वायुको माध्यमबाट चीनबाट इटली, अमेरिका हुँदै विश्वभर फैलिएको छ। त्यसैले वायुपुत्र हनुमानलाई प्रसन्न पारेर राष्ट्रशान्ति र विश्वशान्तिका लागि तीन दिनदेखि हामीले हनुमान चालिसा पाठ गर्न थालेका छौं’, उपाध्यायले भने, ‘बिहान पौने नौ बजे र साँझ साँढे पाँच बजे पनि पाठ गर्छौं।’ 

गुरुकुलकै एक जनालाई कर्ता बनाएर संकल्प लिई पाठ गर्ने गरिएको उनले बताए। ‘कोरोना निवारण नभएसम्म हनुमान चालिसा पाठ गरिरहने छौँ’, गुरुकुलका अध्यक्ष पुरुषोत्तम अर्याल बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.