विश्व

भारतीय प्रधानमन्त्री मोदीद्वारा औषधि उत्पादन बढाउन निर्देशन

चैत ८, २०७६

    एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार औषधि कम्पनीहरूलाई उत्पादन बढाउन निर्देशन दिएका छन्।  शनिबार भिडियो सम्मेलनमार्फत औषधि उत्पादक कम्पनीहरूका प्रतिनिधिहरूसँग कुराकानी गर्ने क्रममा उनले यो समय उत्पादनलाई बढाउने समय भएकोले सबैले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताएका हुन्। 

    प्रतिक्रियामा औषधि कम्पनीका सञ्चालकहरूले प्रधानमन्त्री मोदीलाई उत्पादन बढाउने आश्वासन दिएका थिए। उनीहरूले आफूहरूसँग औषधि उत्पादनका लागि प्रशस्त कच्चा पदार्थको भण्डारण रहेको र उत्पादनका सम्न्धबमा कुनै चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका थिए। औषधि उत्पादनका क्षेत्रमा काम गर्ने रसायनविद् तथा फर्मा कम्पनीले हरेका नागरिकका लागि राष्ट्रको चिन्ता पहिलो हुने भन्दै हप्तामा सातै दिन पूरा २४ घण्टाका दरले उत्पादन गर्ने बताएका थिए।

    भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ८३ पुगेको र यसका कारण पाँच व्यक्तिको मृत्यु भइसकेको अवस्थामा प्रधानमन्त्री मोदीले औषधि उत्पादनमा कमी नआओस् भन्ने उद्देश्यले व्यवसायीसँग अन्तक्रिया गरी उनीहरूको तयारीबारे धारणा बुझेका हुन्।  भारतमा उत्पादन हुने औषधिको भर खास गरी दक्षिण एसियाली मुलुकहमा हुने गर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]