काठमाडौं : गायक युवराज चौलागाईंले नयाँ गीत सार्वजनिक गरेका छन्। ‘देवतालाई भाकी...’ बोलको गीत चौलागाईंले सार्वजनिक गरेका हुन्।
कैशिला खनालको शब्द रचना रहेको गीतमा संगीत गायक स्वयंमको छ। उदयराज पौडेलले एरेन्ज गरेको गीत स्यामस्वेत रसाइलिले मिक्सिङ गरेका छन्।
गीतको भिडियोमा गायक चौलागाईंसँगै नायिका मेनुका प्रधानको अभिनय देख्न सकिन्छ। जीवन रिजालको सिनेमेटोग्राफी रहेको भिडियो भरत रेग्मीले सम्पादन गरेका हुन्। भिडियोलाई भुषण दाहालले निर्देशन गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।