|

अर्घाखाँची : नेपालको सय गन्तव्यभित्र परेको अर्घाखाँचीको सुपादेउराली मन्दिरको दैनिक पूजापाठ आइतबारदेखि बन्द गरिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न मन्दिरको दैनिक पुजापाठ बन्द गरिएको मन्दिर सञ्चालन समितिका अध्यक्ष प्रितम थापाले बताए । 

प्रदेश ५ को प्रमुख प्रसिद्ध मन्दिर ठानिएको अर्घाखाँची जिल्लामा अवस्थित सुपादेउराली मन्दिरमा दर्शन गर्न नेपाललगायत भारतका विभिन्न स्थानबाट दैनिक दर्शनार्थीको बाक्लो भिड लाग्ने गथ्र्यो ।आइतबारदेखि अर्को सूचना जारी नहुँदा समेत सम्पूर्ण पूजापाठ बन्द गरिएको हो। 

आइतबारदेखि मन्दिरमा बलि चढाउन, परेवा उडाउन, अन्य पूजाआजा गर्न, मानिसको भिडभाड गर्न नपाउने गरी सम्पूर्ण कार्य बन्द गरिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । मन्दिर बन्द भए पनि यात्रा गर्दा भने बाहिरबाटै सुपादेउराली मन्दिरको दर्शन गर्न भने दर्शनार्थीले पाउनेछन् ।सुपादेउराली मन्दिर नेपालकै प्रसिद्ध धार्मिक स्थल हो । 

दर्शननार्थीहरूले चढाएको भेटीबाटै मन्दिरमा मासिक १५ लाख रुपैयाँभन्दा बढी रकम संकलन हुने गर्छ । भाइसर संक्रमणको जोखिम बढेको भन्दै देशभरका मन्दिर, मस्जिद तथा ठूला धार्मिकस्थल बन्द हुँदै जान थालेका छन् ।केही दिनअघि देशकै सबैभन्दा ठूलो मानिएको पशुपतिनाथमा समेत दैनिक पूजापाठ र आरति बन्द गरिएको छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.