बस चालक फरार

|

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा बस दुर्घटनामा परी निधन हुने दुई जनाको सनाखत भएको छ। उक्त दुर्घटनामा परी २७ जना घाइते भएका छन्।

मृत्यु हुनेमा सल्यानका २२ वर्षीय सन्दीप ओली र सल्यानकै ४० वर्षीय चुडामणि रेग्मी रहेका छन् भने एक जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए। २७ जना घाइतेमध्ये दुई जनाको पोखरा, १६ जनाको चितवनको भरतपुर मेडिकल कलेज उपचार भइरहेको छ भने ११ जनाको आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको सिलवालले बताए।

उनका अनुसार पोखराबाट दाङ जाँदै गरेको ना५ख ४२९४ नम्बरको बस सडकबाट करिब एक सय मिटर तल खसेको थियो। विभिन्न कलकारखानामा काम गर्ने कामदार नोभल कोरोना भाइरस फैलिएसँगै बिदामा घरतर्फ फर्किदै गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। उक्त बसमा करिब ३० जना सवार रहेको बताइएको छ। बस चालक भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.