हेलिप्याड पनि बनाइने

|

डोटी : कारोना भाइरसको संक्रमणबाट बच्न डोटीको बोगटान फुड्सिल गाउँपालिकाले ५० लाखको विपद् व्यवस्थापन कोष खडा गर्ने भएको छ। आइतबार बसेको गाउँपालिकाको बैठकले सम्भावित खतरालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको अध्यक्ष कमलबहादुर गडसिलाले बताए। गाउँपालिकाको प्रवेशद्वार गगुडामा हेल्थ डेस्कको स्थापना अनिवार्य गरिएको गाउँपालिका अध्यक्ष गडसिलाले बताए। 

यसैगरी मष्टेश्वर माध्यमिक विद्यालय गगुडा, खत्याडी उमावि, भगवतेश्वर मेल्टामा र सिमचौर माध्यमिक विद्यालयमा संक्रमतिलाई राख्न क्वारेन्टाइनका बनाइनेछ।गाउँपालिकाको केन्द्र खत्याडीमा हेलिप्याड निर्माण गर्ने, भारत तथा बाहिरबाट आएका व्यक्तिका तथ्यांक संकलन गर्ने, अत्यावश्यक कामबाहेक स्वास्थ्यकर्मीलाई बिदा नदिने, सचेतना फैलाउन स्वास्थ्यकर्मी र महिला स्वयमसेविका परिचालन गर्ने तयारी गरिएको गाउँपालिका उपाध्यक्ष भवगती बमले बताइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.