|

बर्दिया : छिमेकी मुलुक भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका ७ जनालाई बर्दियाको सदरमुकाम गुलरियाबाट आइतबार बेलुकी नियन्त्रणमा लिई जाँच सुरु गरिएको छ। बर्दियाको सदरमुकाम गुलरिया प्रवेश गरेका ती ७ जनामध्ये एक जनालाई अत्याधिक ज्वरो आएको पाइएपछि बर्दिया जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ। 

बाँकी ६ जनालाई सदरमुकाम गुलरियामा रहेको क्वारेन्टाइनमा पठाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए।
ज्वरो आएका ती भारतीयको स्वाब परीक्षणका लागि गर्न काठमाडौँ पठाइने बताइएको छ। ज्वरोको बिरामी भेटिएपछि बर्दियामा उच्च सतर्कता अपनाइएको छ। भारतीय सीमावर्ती क्षेत्रमा अत्यावश्यक कामबाहेक आवतजावतमा रोक लगाइएको छ। बर्दियाका ८ वटै स्थानीय तहले अत्यावश्यक सेवा बाहेक अन्य सार्वजनिक सेवा बन्द गरेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.