एक गाउँबाट अर्कोमा जानसमेत रोक
एक गाउँबाट अर्कोमा जानसमेत रोक
जाजरकोट : जाजरकोट प्रहरीले गाउँ गाउँमा माइकिङ गरेर कोरोनाविरुद्ध जाँगरण अभियान चलाएको छ। प्रहरीले ‘जरुरी कामबाहेक अन्य समयमा बाहिर ननिसक्नू , पसलमा सामग्री किन्दा अतिआवश्यकबाहेक अन्य समयमा पसल नखोल्नू, समयसमयमा साबुन पानीले सफा गर्नु’, भन्दै गाउँमा जनचेतना फैलाएका छन्।
जिल्ला प्रशासन कार्यालयको आह्वानमा प्रहरीले माइकिङ गर्दै गाउँगाउँमा जनचेतना फैलाइरहेको छ। आज जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवाला निकायको बैठकले सबैलाई जोगाउन कडा रुपमा प्रस्तुत हुनसमेत निर्देशन दिएको छ।
बैठकले यातायातका सवारीसाधन समेत बन्द गर्न निर्देशन दिएको छ। प्रशासन कार्यालयको अनुरोधमा उद्योग वाणिज्य संघले चैत १२ देखि २१ सम्मा व्यापार, व्यवसाय बन्द गर्न सबै व्यापारीलाई एक विज्ञप्ति निकालेर अनुरोध गरेको छ।
त्यस्तै संघले कुनै पनि सामग्रीको कृत्रिम अभाव नगर्न व्यापारीलाई आग्रहसमेत गरेको छ। अतिआवश्यक सामग्री ढुवानी गर्न दिइएको छ भने अन्य ढुवानीका काम रोकिएको छ। जथाभावी बाहिर निस्किएर समूहमा बस्न तथा भेला हुन प्रतिबन्ध लगाएको छ। प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार बाँच्न बचाउनका लागि कुनै पनि कसुर बाँकी राखिने छैन।
कर्णाली प्रदेशको जाजरकोट सबैभन्दा बढी स्थानीयवासी भारतमा रोजगारीका लागि जाने गरेका छन्। त्यसैले पनि यहाँ सुरक्षा व्यवस्था कडा पारिनुका साथै सहायता कक्षमा प्रहरी समेत परिचालन गरिएको छ।एक पालिकाबाट, अर्को पालिकामा जानसमेत रोक लगाइएाको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।