प्रदेशका स्वास्थ्यकर्मीकाे सुविधा थपिने

|

सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड– १९) को रोकथाम तथा प्रतिकार्य योजनाका लागि ५० करोडको विपद् व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ। सोमबार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो। 

यस्तै जिल्ला विपद् व्यवस्थापन कोषको लागि कर्णाली प्रदेशका सबै जिल्लालाई  ५० लाख उपलब्ध गराउने पनि प्रदेश सरकारले निर्णय गरेको सरकारकी प्रवक्ता तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्। सम्भावित संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण कार्यमा खटिने प्रदेशका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई संघीय सरकारले तोकेको मापदण्ड अनुरुपको सेवा सुविधामा दोहोरो नपर्ने गरी प्रदेश सरकारले सेवा सुविधा उपलब्ध गराउने पनि निर्णय गरेको छ। 

यसैगरी कोरोना भाइरस (कोभिड÷१९)को रोकथाम तथा प्रतिकार्य योजनाका लागि आवश्यक आर्थिक तथा भौतिक कार्यलाई व्यवस्थित र प्रभावकारी गराउन प्रमुख सचिवको नेतृत्वमा ९ सदस्यीय कार्यकारी समिति गठन गरिने निर्णय भएको छ। साथै प्रदेशभित्र कार्यरत सम्पूर्ण विशेषज्ञ, छात्रवृत्ति र करार सेवामा कार्यरत चिकित्सकहरुलाई कर्णाली प्रोत्साहनभत्ता उपलब्ध गराउने निर्णय गरेको मन्त्री केसीले जनाइन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.