|

इटहरी : कोरोना भाइरस नियन्त्रणकां लागि इटहरी उपमहानगरपालिकाले जनता क्याम्पसमा क्वारेन्टाइन बनाउन सुरु गरेको छ। तत्काल बन्द अवस्थामा रहेको जनता क्याम्पसमा उपमहानगरपालिकाले २०० क्षमताको क्वारेन्टाइन बनाउन सुरु गरेको हो। 

सोमबारदेखि नै क्वारेन्टाइन स्थल निर्माणको लागि आवश्यक पूर्वाधार जुटाउन उपमहानगरले थालेको छ। मंगलबारदेखि भने क्वारेन्टाइन पूर्ण रूपमा सञ्चालनमा आउने उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले बताइन्। 

क्वारेन्टाइनमाभित्र संक्रमित भेट्टाइए उनीहरुलाई आइसोलेसनसम्म पुर्याउन र संक्रमणको आशङ्कामा ल्याइएका बिरामीका लागि उपमहानगरले दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.