|

एजेन्सी : ब्राजिलका शीर्ष फुटबल क्लबहरूले आफ्ना रंगशाला कोरोना भाइरस संक्रमितको उपचार र क्लिनिकहरूमा परिवर्तन गर्न हस्तान्तरण गरेका छन् । 
अर्को सूचना नभएसम्म देशको फुटबल स्थगित भएपछि, ब्राजिलको सिरिए फुटबलका २० मध्ये आधाभन्दा बढी क्लबले रंगशाला छाडेका छन् । जबकि आवादी बढी भएको क्षेत्र साउ पाउलो र राजधानी रियो दि जेनेरियाले समस्याको सामना गर्न अस्पताल क्षमता विस्तार गर्न खोजिरहेको छ । 

हालको दक्षिण अमेरिकी च्याम्पियन क्लब फ्लेमेन्गोले आफ्नो घरेलु मैदान मराकान रंगशाला (विश्वकै सबैभन्दा ठूलो रंगशाला) कोरोनाविरुद्ध लड्का लागि स्वास्थ्य अधिकारीलाई दिएको पुष्टि गरेको छ । ‘यस दुःखलाग्दो क्षणमा, म हाम्रो रातो र कालो राष्ट्रलाई आशा नवीकरण गर्न र अझ राम्रा दिनहरूको लागि काम गर्न आमन्त्रित गर्न चाहन्छु । आउनुहोस, हामी हाम्रा बुढापाकाहरूको हेरचाह गरौं, जसलाई सबैभन्दा बढी आवश्यक छ, उनीहरूलाई मद्दत गरौं,’ क्लबका अध्यक्ष रोडोल्फो ल्यान्डिमले समर्थकहरुलाई दिएको सन्देशमा भनेको उद्धृत गर्दै अलजजिराले समाचार लेखेको छ ।
 
ब्राजिलको सबैभन्दा ठूलो सहर साउ पाउलोका अधिकारीहरूले भनेका छन् कि उनीहरूले सहरको अस्पतालमा दबाब कम गर्न  पचाइम्बु म्युनिसिपल स्टेडियमको मैदानमा बनाइएको अस्पतालमा दुई सय वटा बेडहरू लगाउनेछन्, सहरका दुई ठूला क्लबहरूले उनीहरुलाई साथ दिनेछन् ।

ब्राजिलियन सिरिए क्लब कोरिन्थिन्स पालिस्टालेसन २०१४ को विश्वकपको उद्घाटन खेल आयोजना गरिएको आफनो गृह मैदान इटकावराव स्टेडियम र प्रशिक्षण मुख्यालय उपलब्ध गराएको जनाएको छ । ब्राजिलियन फुटबलको सबै उमेर समूहका राष्ट्रिय खेलाडी उत्पादन गरेको सान्तोस क्लबले आफनो भिल्ला बेलमिरो रंगशालाभित्रको एउटा लाउन्जमा अस्थायी क्लिनिक स्थापनाका लागि प्रदान गरेको छ । 

गत शुक्रबार स्वास्थ्यमन्त्री लुइज हेनरिक मन्डेटाले अप्रिल र जुन बीचमा भाइरस चरम सीमामा पुग्ने भविष्यवाणी गर्दै आगामी सेप्टेम्बरदेखि कोभिड–१९ संक्रमण घटाउने आशा गरे । मन्डेटाका अनुसार २ दुई १० मिलियन आवादी रहेको देशमा स्वास्थ्य प्रणाली अप्रिलको अन्त्यसम्ममा सम्पन्न हुनेछ । संयुक्त राज्य अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीले संकलन गरेको तथ्यांकअनुसार सोमबार बिहानसम्म ब्राजिलमा १ हजार ५ सय ४६ संक्रमण र २५ जनाको मृत्यु भएको पुष्टि गरिएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.