प्रजिअदेखि मुख्यमन्त्री कार्यालयसम्म पन्छिँदै

|
समाचार प्रतिनिधि तस्बिर

उदयपुर : कतारबाट गत चैत ५ गते नेपाल आएका दुईजना युवक क्‍वारेन्टाइनमा नबसी सीधै उदयपुरको बेलका आइपुगेको खुलेको छ।

उनीहरु काठमाडौंबाट उदयपुर आएर  क्वारेन्टाइनमा नबसी घरको काम गरिरहेको अवस्थामा भेटिएका हुन्। उनीहरुलाई ज्वारो पनि आएको छ।

‘यसबारेमा प्रदेश १ का मुख्यमन्त्रीका स्वकीय सचिव, आन्तरिक मामिला मन्त्रालय, स्वास्थ मन्त्रालय, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, उदयपुरका प्रमुख जिल्ला अधिकारीलाई गराइएको छ’, बेलकाका मेयर दुर्गा कुमार थापाले भने, ‘तर सबैले एकले अर्कोलाई जिम्मा दिएको भनेर पन्छिएका छन्।’ 

सरकारले विदेशबाट आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ। बेलका नगरपालिकाका ती दुई युवाहरुलाई कोरोना संक्रमित युवतीसँगै आएको पुष्टि भएपछि मंगलबारबाटै ‘होम क्वारेनटाइन’ मा राख्ने तयारी थालिएको मेयर थापाले बताए। 

उनीहरुलाई घरमै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.